चक्रे मिलनलाई खुकुरी हानेको काण्डमा दीपक मनाङे लुकेर बसेको अवस्थामा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दीपक मनाङे भनिने राजीव गुरुङलाई पक्राउ गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. २ सानोभ¥याङूिथत कम्फर्ट हाउजिङबाट ब्यूरोको टोलीले मनाङेलाई मंगलबार बिहान १० बजेर ४० मिनटमा पक्राउ गरेको ब्यूरोका प्रमुख (एआईजी) दीपक थापाले बताए ।

गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका पूर्वमन्त्री मनाङेलाई काठमाडौं जिल्ला अदालतमा पेश समेत गरिएको छ ।

२०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङ समेतलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई सर्वोच्च अदालतबाट २०८१ कात्तिक २० गते ५ वर्ष कैद सजाय भएको थियो ।

उच्च अदालत पाटनले मनाङेलाई २०६९ साउन २८गते ५ वर्ष कैद सजाय फैसला भएको थियो । उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते सदर गरेपछि मनाङे पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं. १६ पकनाजोल बस्दै आएका ५६ वर्षीय मनाङे एमालेको समर्थनमा अघिल्लो पटक मनाङ जिल्लाबाट गण्डकी प्रदेश सभामा निर्विरोध भएका थिए । दोस्रो पटक भने उनी निर्वाचित भएका थिए ।

Published : Tuesday, 2024 November 12, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया