जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसबाट टीका चौधरी उम्मेदवार
टीकापुर । जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि नेपाली कांग्रेसले टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले टीकालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कैलारी गाउँपालिका वडा नम्बर २ को दलित महिला वडा सदस्यमा निर्वाचित भुललाई पार्टीको जिल्ला कार्यसमितिको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि सिफारिस गरेको नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले बताएका छन् ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि जिल्ला समन्वय समिति कैलाली प्रमुखको पद रिक्त रहेको थियो ।
Published : Thursday, 2024 November 14, 9:02 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया