राज्यमन्त्री चौधरीद्वारा मायादेवीको दर्शन, लुम्बिनीमा उपाध्यक्ष डा.लामाद्वारा स्वागत
लुम्बिनी । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले बुद्वजन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुका साथै मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् ।
सोमबार राज्यमन्त्री चौधरीले मायादेवी मन्दिरको भ्रमणसंगै मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदीप क्षेत्रको जानकारी तथा अवलोकन गरेका हुन् । उनले मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् ।
राज्यमन्त्री चौधरीले पुरातात्विक क्षेत्रको संरक्षणको विषयमा चासो राखेका थिए । उनले लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माण गर्न लाग्नु पर्ने बताएका छन् ।
राज्यमन्त्री चौधरीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका छन् ।
राज्यमन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका चौधरीलाई उपाध्यक्ष डा. लामासंगै कोषाध्यक्ष ढुण्डिराज भट्टराई, बोर्ड सदस्य श्याम रोका, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत लगायतले स्वागत गरेको प्रेस नोटमा उल्लेख छ ।
उपाध्यक्ष डा.लामाले बृहत लुम्बिनी क्षेत्रमा भइरहेको पुरातात्विक क्षेत्रको संरक्षण र अन्य कार्य प्रगतिको जानकारी गराएका छन् । उपाध्यक्ष डा.लामाले सरकारले नीतिगत निर्णय गर्न सके लुम्बिनीमा पैसाको अभाव नहुने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया