बुद्ध एयरले फ्रान्सबाट ठूलो नयाँ जहाज ल्यायो

काठमाडौं । आन्तरिक उडानतर्फ राम्रो सेवा दिँदै आएको बुद्ध एयरले नयाँ एटिआर जहाज ल्याएको छ ।

शुक्रबार बुद्ध एयरले कल साइन एननाइन एओजी जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट काठमाडौं ल्याएको जनाएको छ । नयाँ आएको जहाज एटिआर–७२ हो । बुद्ध एयरसँग एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत् जनाएको छ ।

बुद्ध एयरले केही समय अगाडि एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट विदाइ गरेको थियो । विदाइ गरेको जहाजको डिरजिष्ट्रेसन प्रक्रियामा रहेको छ । बुद्ध एयरसँग ३ वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाज छन् । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ ।

बुद्ध एयरले अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी हप्ताको ३ दिन उडान भरिरहेको छ । बुद्ध एयरले पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि गरिरहेको छ ।

Published : Friday, 2024 December 6, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया