उर्जामन्त्री खड्का र कांग्रेस नेता थापाद्वारा पाथीभरा मन्दिरमा पूजाअर्चना
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले प्रशिद्ध शक्तिपीठ पाथीभराको दर्शन गरेका छन् ।
आइतबार मन्त्री खड्का र नेता थापाले ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् । कैलाश एयरको हेलिकप्टरमार्फत् पाथीभरा पुगेका उनीहरूले केही समय मन्दिर परिसरमा बिताएका छन् ।
मन्त्री खड्का र नेता थापासँगै कांग्रेसका नेता भरत तिवारी पनि पाथीभरा मन्दिरको दर्शनका लागि पुगेका थिए । तिवारी कांग्रेस नेता डा.शशांक कोइरालाका स्वकीय सचिव पनि हुन् ।
पाथीभरा मन्दिर निकै प्रशिद्ध मानिन्छ । पाथीभरामा पूजाअर्चना गर्दा मनले चिताएको पूरा हुने किंवदन्ती रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया