नेविसंघका नेता डोटेल पाल्पामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिए

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महेश डोटेल पाल्पा जिल्लामा प्रतिनिधिका रुपमा खटिएका छन् ।

नेविसंघले डोटेललाई तोकिएको कार्यभार सम्पादन गरि अभियानका उद्देश्य सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न कार्यादेश दिएको छ ।

नेविसंघको १२औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नका लागि महाधिवेशन केन्द्रित २०८१ पुस ५ गतेदेखि राष्ट्रव्यापी सदस्यता वितरण एवम् सुझाव संकलन अभियानका लागि डोटेललाई केन्द्रीय प्रतिनिधिका रुपमा पाल्पामा खटाइएको पत्रमा उल्लेख छ ।

Published : Wednesday, 2024 December 18, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया