सरकारलाई कुनै अप्ठेरो परेको छैन : देउवा

विराटनगर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले  सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी दिए ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना रहेको उल्लेख गरे ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा प्रधानमन्त्रीले यस विषयमा छानबिन भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताए ।

प्रधानमन्त्री देउवा दुई नम्बर प्रदेशका जिल्लामा आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा आज विराटनगर गएका हुन् ।

Published : Tuesday, 2017 September 12, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया