क्यान मेलामा कर छलीका सामान

काठमाडौ. । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘सुबिसु क्यान कमटेक २०१७’ मा बेच्न राखिएका अधिकाशं सामान भन्सार छली गरी ल्याइएको खुलासा भएको छ ।
विभिन्न समयमा भन्सार कर्मचारीको मिलोमतोमा विना भन्सार नेपाल भित्राइएका विद्युतीय सामानलाई मेलाको नाम दिएर बिक्री गर्ने माध्याम बनाएको स्रोतले जनाएको छ ।
पसलमा भन्सार विन्दु दर (एमआरपी) माग्ने गरेकाले सोँचे अनुसारको बिक्री गर्न नसकेपछि विभिन्न समयमा यस्ता मेलाको आयोजना गरिदै आएको छ ।
मेलामा छुटको नाम दिदै आफूखुशी राखिएको मूल्यमा बिक्री गरिदै आएको स्रोतको भनाइ छ ।
मेलामा रहेका सवै स्टलहरूमा एमआरपी र मूल्य अभिबृद्धि करको विवरण र विल मागेमा सो विवरण नदेखाउने र अनेक बहाना देखाएर छुटमा दिएका छौ भन्दै पन्छिने कार्य व्यापारीहरुले गर्दै आएको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
यसमा तपाइको मत