लैनचौरबाट खर्च लिएर ताप्लेजुङमा भिड्दै एमालेका योगेश भट्टराई
फुङलिङ । ताप्लेजुङ गृहजिल्ला भएका एमालेका सचिव तथा प्रतिनिधी सभा उम्मेदवार योगेश भट्टराई विगत एक महिनादेखि चुनाव कार्यक्रमहरूमा सक्रिय छन् ।
काठमाडौंको अनामनगरस्थित बैद्यखानामा आलिसान घर बनाएका भट्टराईको राजनीति काठमाडौंबाट उभो नलागेपछि आफ्नै गृहजिल्ला ताप्लेजुङमा फिर्ता भएका हुन् ।
भट्टराईलाई ताप्लेजुङमा अबसरवादी नेताका रुपमा सबैले चिन्ने गरेका छन् । ताप्लेजुङमा कुनै पनि विकासका कार्यक्रम नगरेका भट्टराईले एक महिनादेखि फुङलिङमा दाइमारेर बसेका छन् ।
भट्टराईको यो अवसरवादी चरित्रविरुद्ध ताप्लेजुङका एमालेका होनहार नेताहरूले विद्रोह गरेको एक नेताले बताए । भट्टराईका कारण थुप्रै एमालेका नेताहरूको राजनीति समाप्त भएको छ ।
प्रतिनिधी सभाका लागि भट्टराईलाई एमालेले टिकट दिएको छ । ताप्लेजुङ जिल्लाबाट जित्ने दाबीसहित प्रचार प्रसार गरिरहेका भट्टराई वितग १५ वर्षदेखि यो जिल्लामा पाइला पनि टेकेनन् । अहिले आएर राजनीति गर्न एक महिनादेखि सक्रिय छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताका रुपमा परिचित भट्टराई पटक–पटक काठमाडौंमा पराजित भएका थिए । पराजयसँगै आजित भएपछि जित्न सजिलो होस् भनेर एमालेका नेता भट्टराई ताप्लेजुङ पुगेका हुन् ।
भारतीय राजदूतावाससँग राम्रो सम्बन्धरहेका युवा नेता भट्टराईलाई नेपालका लागि भारतीयराजदूत मञ्जिसिंह पुरीकै सल्लाहमा ताप्लेजुङमा निर्वाचन लड्न पठाएको चर्चा एमालेको पार्टी मुख्यालय धुम्बाराहीतिर हुन थालेको छ । एमालेका सचिव भट्टराई एवम् ताप्लेजुङबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका भट्टराईका विषयमा पार्टीभित्र खासै राम्रो रुपमा लिइएको छैन ।
भट्टराईले भारतको विरोध तथा कथित राष्ट्रवादी कुरा गरेर ताप्लेजुङका मतदाताहरूका भोट तान्ने राजनीति गरेको आरोप एमालेभित्र लाग्न थालेको छ । लैनचौरबाट भट्टराईले राम्रै रकम लिएर गएको आरोप छ ।
‘योगेश भट्टराई अवसरवादी नेताका रुपमा परिचित छन्’, एमालेका एकजना केन्द्रीय सदस्यले भने, ‘भारतसँग निकट रहेका योगशजीलाई भारतले नै चुनावी खर्च दिएको छ ।’ भट्टराईले देखावटी रुपमा भारतको विरोध गरे जस्तो गर्छन् । तर, भट्टराईले सबैभन्दा धेरै भारतको पक्षमा काम गर्दै आएको स्रोतको भनाइ छ ।
राजपा नेपालका नेता मनीषकुमार सुमनसहितका नेताहरूसँगको संगतमा एमालेका सचिव भट्टराईले थुप्रै पटक काभ्रेका रिसोर्टहरूमा गोप्य कार्यक्रमहरू गरेको समाचार यसअघि नै प्रकाशित भएका छन् ।
यसमा तपाइको मत