फेसबुकको शाखा कार्यालय लन्डनमा

लन्डन । अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय सोमबार खुलेको छ ।
लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ । उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग बढी गरिएको छ ।
फेसबुकले आफ्नो व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनौट गरेको हो । पछिल्लो समय अत्यधिक नाफा कमाउन सफल व्यवसायिक संस्थाका रुपमा फेसबुक कम्पनीले आफुलाई स्थापित गराउन सफल भएको छ ।
मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए । हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन् । फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ ।
गत वर्ष भएको नाफा रकममा फेसबुक कम्पनीले ४९ प्रतिशत आम्दानी बढाएको छ । फेसबुकले अत्याधिक नाफा विज्ञापनबाट कमाउने गरेको छ । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
यसमा तपाइको मत