नेविसंघले गर्‍यो कम्युनिष्टहरूले जिब्रो टोक्ने काम

काठमाडौं । नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौं निर्माण गर्न माग गर्दै काठमाडौं महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ ।

नेविसंघ काठमाडौं शाखाको संयोजनमा शुक्रबार काठमाडौं महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।

सफा सुन्दर काठमाडौं शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचौँ सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् ।

विद्यार्थीले सधैँ आन्दोलन गरेर सर्वसाधारणलाई दुःख दिन्छन् भन्ने आरोपहरूलाई चिर्दै नेविसंघले रचनात्मक मागसहित धर्ना दिएको नेविसंघका नेता यूपी लामिछानेले जानकारी दिए ।

नेविसंघको रचनात्मक कामको राजधानीबासीले प्रसंशा गरेका छन् । त्यति मात्रै होइन आलोचकहरूले कम्युनिष्ट पार्टीहरू निकटका युवा र विद्यार्थी नेताहरूलाई नेविसंघ काठमाडौं शाखाले नैतिकताको शिक्षा दिएको बताएका छन् ।

केही दिन अगाडि प्रधानमन्त्रीको राजीना र निर्वाचन आयोगको विरोध गर्दै एमाले निकटका युवा विद्यार्थीले सडकमा प्रदर्शन गरेका थिए ।

Published : Friday, 2018 January 12, 7:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया