हेटौँडामा तीन किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार छली गरेर ल्याइएको तीन किलो अबै चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ ।
हेटौँडाको चौकी टोलमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा वीरगञ्जको छप्कैया निवासी सुमन सिर्राफ र भारत बिहार बेतियाका रोशनकुमार सोनीलाई चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी प्रमुख विकास खनालले जानकारी दिए ।
हेटौँडाबाट बाराको सिमरातर्फ जाँदै गरेको बा. ३६ प. ३१७३ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा भारतीय नागरिक रोशनकुमार सोनीले बोकेको झोझाबाट तीन किलो चाँदी बरामद भएको थियो । चाँदीको बजार मूल्य दुई लाख दुई हजार ९ सय ५० रुपियाँ पर्ने जनाइएको छ ।
यसैबीच, हेटौँडा– २ संगम चोक अगाडि सडक किनारमा भन्सार छली ल्याएको कपडा प्रहरीले फेला पारेको छ । बेवारिसे अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा प्रहरीले सुट, कुर्ता सुरुवाल बरामद गरेको हो । सो कपडाको मूल्य एक लाख दस हजार चार सय बराबर रहेको प्रहरी भनाइ छ ।
यसमा तपाइको मत