यी हुन् राष्ट्रिय सभामा कांग्रेस, एमाले, माओवादीसहितका दलका संभावित उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दलहरूमा उम्मेदवार बन्न दौडधुप चलेको छ ।

कांग्रेसलेले सकेसम्म पराजित नेताहरूलाई उम्मेदवार नबनाउने नीति लिएको छ । एमाले र माओवादी केन्द्रले पनि पराजित नेताहरूलाई टिकट नदिने जनाइ सकेका छन् । मधेस केन्द्रित दलहरूले आफ्नै ढंगले राष्ट्रियउ सभा निर्वाचनमा तयारी गरेका छन् ।

एमालेबाट प्रदेश १ मा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुञ्जा बराइली, रामलाल शाह, गंगा डाँगी र गोपाल गुरागाईंले दाबी गरेका छन् ।

प्रदेश २ मा सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरे, प्रदेश ३ मा प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरीले एमालेबाट राष्ट्रिय सभामा उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रबाट प्रदेश नं. १ मा हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई, प्रदेश नं.३ मा रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी, प्रदेश नं. ४ मा दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल र बलावती शर्मा, प्रदेश नं. ५ मा कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती र सीता आचार्य, प्रदेश नं. ६ मा मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा.केबी रोकाय तथा प्रदेश नं. ७ मा हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी र कौशिल्य ओझाको नाम राष्ट्रिय सभामा चर्चामा छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन कांग्रेसभित्र दबाब बढेको छ । दुवै तहका निर्वाचनमा पराजित नाम चलेका धेरै नेताले फेरि पनि उम्मेदवारी दाबी गर्न सक्ने देखिएपछि उनीहरूलाई उम्मेदवार नबनाउन सभापति शेरबहादुर देउवामाथि दबाब बढाइएको छ ।

निर्वाचनमा पार्टीको नतिजा कमजोर भए पनि यसपटक नयाँलाई उम्मेदवार बनाउन दबाब परेकोे ती नेताले बताए । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेको, ख्यातिप्राप्त, देशका लागि योगदान गरेको, विषय विज्ञ व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था छ ।

कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुनरसिंह केसीलगायत नेताले पराजितलाई उम्मेदवार बनाउन नहुने बताउँदै आएका छन् । नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिसहितका नेताहरू भने यस विषयमा मौन छन् । उनीहरू सबै पराजित नेता हुन् ।

यी दुईमध्ये पौडेल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र निधि प्रदेश २ बाट निर्वाचन लड्न विकल्प रहेको ती नेताले बताए ।

एकल संक्रमणीय विधिमै निर्वाचन हुने भए पनि राष्ट्रिय सभाका निर्वाचित हुने ५६ सिटमध्ये कांग्रेसले बढीमा १० देखि १२ सिट जित्न सक्छ । जसमा प्रदेश १, २, ३, ४, ५ र ७ बाट प्रत्येकमा कम्तीमा दुई–दुई गरी १२ सिट जित्न सक्नेछ । प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचनमा नतिजा कमजोर आएकाले कांग्रेसमा उत्साह देखिएको छैन ।

थोरै सदस्य मात्रै जित्ने भएकाले पनि यो निर्वाचनबारे उत्साह नदेखिएको हुन सक्ने कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।

कांग्रेसले प्रदेश २ मा मधेसकेन्द्रित दलसँग तालमेल गर्नुपर्ने भएको छ । मधेसी दलहरू पनि कांग्रेससँग तालमेल गर्नैपर्ने अवस्थामा छन् । केन्द्रीय सदस्य महतले मधेसकेन्द्रित दलसँग तालमेलको प्रयास भइरहेको जानकारी दिए । अन्य प्रदेशमा भने तालमेल हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसबाट प्रदेश नं. १ मा केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दीपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत, प्रदेश नं. २ मा कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव, प्रदेश नं. ३ मा मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा, प्रदेश नं. ४ मा तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी, प्रदेश नं. ५ मा बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला, प्रदेश नं. ६ मा गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ, प्रदेश नं. ७ मा बद्री पाण्डे, प्यारेलाल राना र शिवराज भट्टले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा तालेमल गर्दा चार सदस्य निर्वाचित गराउन सक्ने सम्भावना छ । राजपामा आकांक्षी धेरै देखिएका छन् । बृजेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, राजीव झा, अशोक यादव, रम्भादेवीलगायतको नाम चर्चामा छ ।

फोरम पनि उम्मेदवार छनोटमा जुटेको छ । तर, अहिलेसम्म नाम टुंगो लगाएको छैन । श्रवण अग्रवाल, हरिनारायण यादव, सीमा सिंह, उर्मिला साह, कृष्णकुमार सिंहलगायतका नेता आकांक्षी छन् ।

Published : Monday, 2018 January 15, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया