पौडेलले देउवाविरुद्ध तरुण दललाई पनि उचाल्न थाले

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पराजित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध नेपाल तरुण दल र जिल्लास्तरीय केही नेताहरूलाई उचाल्न थालेका छन् ।

सभापति देउवाविरुद्ध दैनिक सरह गुटको भेला गर्दै आएका पौडेलले तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीमार्फत प्रेस विज्ञप्ति जारी गर्न लगाएर देउवाको विरोध गरेका हुन् ।

शाहीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेसको नेतृत्वमा निर्वाचन त भयो तर कांग्रेसको पक्षमा परिणाम नआएपछि पार्टीभित्र यसका बारेमा ब्यापक वहस हुन आबश्यक रहेको जनाएका छन् ।

शाही स्वयं पनि कालीकोटबाट प्रतिनिधि सभामा पराजित भएका नेता हुन् । ‘कांग्रेस हारको समीक्षा र शुद्धीकरण र सुदृढीकरण गरी भविष्यमा बलियो र शसक्त पार्टी बनाउन बैचारिक जागरण अभियान प्रारम्भ गर्न नेतृत्व समक्ष जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । महासचिव शाहीसहितका नेताहरूले कांग्रेसको महासमिति वैठक माग गरेका छन् ।

पौडेल समूहले समानुपातिकबाट एक पटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोहो¥याउन नहुने माग पनि गरेको छ ।

Published : Monday, 2018 January 15, 6:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया