कांग्रेसको बैठक आह्वान, निर्वाचनको पराजयबारे समिक्षा हुने

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि सो विषयमा छलफल र समीक्षा गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउन दवाव परेको थियो । पार्टीका नेताहरूले दवाव दिएरहेका बेला सभापति देउवाले माघ ४ गते बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभापति तथा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसँगको परामर्शपछि बैठक बोलाउने निर्णय भएको थियो ।

सभापति देउवाले निर्वाचनकोे समिक्षा तथा राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी छनौटको विषय लगायतका अन्य सांगठनिक विषयमा छलफल गर्न माघ ४ गते बिहान ११ बजे बैठक बोलाउने जानकारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि पराजयबाट चिन्तित पार्टीका नेतादेखि विभिन्न स्वार्थ समूहमा विभक्त भएका केन्द्रीय सदस्यहरुले त्यसकोे अपजसबाट आफूलाई मुक्त राख्दै नेतृत्वको कार्यशैलीमाथि दोष थोपार्दै आएका छन् ।

उनीहरूको आन्तरिक छलफलका क्रममा पार्टी नेतृत्वले छलफलका लागि बैठक नबोलाए लिखित प्रस्तावसहितको माग लिएर जाने धम्की पनि दिँदै आएका थिए ।

सभापति देउवाले पार्टी केन्द्रीय समितिकोे बैठक डाकेपछि अब कांग्रेसभित्रका समूहका नेताहरुकोे असन्तुष्टि पार्टी्भित्रै छलफल गरी त्यसको समाधानका उपाय खोेजिने भएकोे छ ।

Published : Tuesday, 2018 January 16, 1:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया