सल्यान एमालेभित्र कुटाकुट, राप्रपालाई टिकट दिनुपर्ने शाहको अडान
सल्यान । नेकपा (एमाले) सल्यानमा राप्रपाका केन्द्रीय सदस्यलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने विषयमा बबण्डर भएको छ ।
राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस गर्न शुक्रबार बसेको बैठकमा समेत कुरा नमिलेपछि नेताहरूबीच भनाभन भएको स्रोतले जनाएको छ । विवाद भएपछि राष्ट्रिय सभाको उम्मेदवार सिफारिस समेत हुन सकेन ।
सल्यानको ‘क’बाट प्रदेश सभामा निर्वाचित सांसद एवम् एमालेका केन्द्रीय सदस्य गुलावजंग शाहले राप्रपाका केन्द्रीय सदस्य राजेन्द्रवीर राईलाई राष्ट्रिय सभाको टिकटमा सिफारिस गरेको स्रोतको भनाइ छ ।
केन्द्रीय सदस्य शाहले राप्रपाका राईको नाम सिफारिस गरेपछि ६ नं. प्रदेशका एमालेका ईञ्चार्ज युवराज ज्ञवालीले समेत हस्तक्षेप गरेर जिल्लामा काम गरेका नेताहरूको नाम अगाडि ल्याउन शाहलाई निर्देशन दिएका छन् । राप्रपाका नेता राईले शाहलाई निर्वाचनका बेला आर्थिक सहयोग गरेको आरोप छ ।
६ नं. प्रदेशका ईञ्चार्ज एवम् उपाध्यक्ष ज्ञवालीले सल्यान जिल्लाका लोकबहादुर डाँगी, हरि केसी, उदयबहादुर बोहरा जस्ता नेताहरू हुँदाहुँदै राप्रपाबाट उम्मेदवार बनाउने विषय एमालेको आचरणभित्र नपर्ने भन्दै केन्द्रीय सदस्य शाहको सातो लिएको एक नेताले बताए ।
केही दिन अगाडि एमाले सल्यानको जिल्ला कमिटी बैठकमा शाहले राप्रपाका नेता राईको पक्षमा अडान नछाडेपछि बैठकभित्रै नेताहरूबीच हातहालाहातको अवस्था सिर्जना समेत भएको थियो ।
Raprapa hoina look bahadur dangi hunuparxa kunaibela Dangi le party ma dherai tyag gareka xan r pidit pani xntesaile look bahur Dangi hunuparxa
रिपब्लिका दैनिकमा २०७४माघ ६ गते प्रकाशित सामाचारप्रती ने.पा.एमाले सल्यान्को ध्यानाकर्षण भएको छ सत्यतथ्य नबुझी यस्ता गलत सामाचार समप्रेसन नगर्न ने.क.पा.एमाले सल्यान चेतावनी दिन चहन्छ।