सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी, विश्वभरिका पुलिस परिचालन

काठमाडौं । इन्टरपोलले नेपाल प्रहरीका पूर्व डीआइजी तथा एमलेका सांसद नवराज सिलवालको खोजी गर्न डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न आइतबार साँझ डिफ्युजन नोटिस जारी गरेको हो ।

आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन कीर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीमाथी प्रहरीले डिफ्युजन नोटिस जरी गर्ने सम्मको एक्सन लिएको छ ।

सिलवालले एक अनलाइनमार्फत आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेपछि आइतबार दिनभर प्रहरीले उनको खोजी गरेको थियो । सिलवाल नभेटिएपछि बेलुका इन्टरपोलले फरार सूचीको अभियुक्तमा राख्दै सूचना जारी गरेको हो ।

यो नोटिस जारी भएसँगै अब जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ ।

यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली उनी नभेटिएपछि रित्तो हात फिर्ता भएको थियो ।

Published : Monday, 2018 January 22, 5:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया