यी हुन् कम्युनिष्टसँग भिड्ने कांग्रेसका लडाकु’ उम्मेदवार

काठमाडौं । लामो गृहकार्यपछि नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ जना उम्मेदवार छनोट गरेको छ ।

एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले भागबण्डा गरेर उम्मेदवार तोकेका बेला कांग्रेसले मंगलबार आफ्ना उम्मेदवारहरू चयन गरेको हो ।

कांग्रेसले ४ नं. प्रदेश नम्वरमा सुररेन्द्रराज पाण्डे, बृन्दा राना मगर, जितबहादुर नेपाली र प्रकाश पन्तलाई उम्मेदवार बनाएको छ ।
प्रदेश नम्वर ५ मा दुर्गाप्रसाद उपाध्याय, अनिता देवकोटा, मैकुलाल बाल्मीकि र लुटबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रदेश नम्वर ६ मा विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सीताराम विक, र गोपालप्रसाद शर्मा तथा प्रदेश नम्वर ७ मा बद्री पाण्डे, तारादेवी भट्ट, शेरीराम पार्की र छत्रराज जोशीलाई उम्मेदवार बनाइएको छ ।

कांग्रेसले चयन गरेका उम्मेदवारहरूले बाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने छन् । उम्मेदवार बनाउन बाँकी तीन जिल्लामा छिट्टै निर्णय गरिने शर्माले बताए । बाँकी रहेका १, २ र ३ नं. प्रदेशमा कांग्रेसले संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तालमेलको तयारी गरेको छ ।

Published : Tuesday, 2018 January 23, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया