खुमबहादुरको हिम्मतबाट देउवा अचम्मित, उपसभापतिमा रोक्न निधि सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आफू खुसी चलाएको भनेर आरोप लागिरहेका बेला प्रभावशाली नेता खुमबहादुर खड्काले असहयोगको संकेत गरेका छन् ।

पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन देउवालाई अफ्ठ्यारो परिरहेका बेला उपसभापतिमा नेता खड्का र विमलेन्द्र निधिमध्ये कसलाई दिने भन्ने विषयमा अन्यौल बढेको हो । १३ औं महाधिवेशनमा सहयोग गरेका खड्कालाई देउवाले उपसभापति दिने बचन दिएका थिए । तर, देउवाले विमलेन्द्र निधिको दवावमा परेर उपसभापति दिन आनाकानी गरिरहेका छन् । देउवाले खड्कालाई भन्दा निधिलाई उपसभापति दिएर जाने मनस्थिति देखाएको स्रोतको भनाइ छ ।

भ्रष्टाचारको अभियोगमा सजाय भोगिसकेका खड्कालाई उपसभापति पद दिँदा आफ्नो आलोना हुन्छ कि भनेर सभापति बन्ने बेलाको गुन देउवाले भुलेको आरोप छ । प्रतिनिधि सभा निर्वाचनमा राजपा नेपालका नेता राजेन्द्र महतोसँग नराम्रोसँग पराजित भएका निधिले देउवालाई आफ्नो नियन्त्रणमा राखेर उपसभापतिमा मनोनीत गर्न दवाव दिएरहेको स्रोतले जनाएको छ ।

खड्काले १३ औं महाधिवशेनमा कोइरालाहरुसँग साँठगाँठ गरी महामन्त्रीका आफ्ना उम्मेदवार अर्जुनरसिंह केसीलाई हराउन भूमिका खेलेको आशंका पनि देउवाले गरेका छन् । खड्का र देउवाको सम्बन्धन धेरै पुरानो हो । अर्थात उनीहरू धेरै अघिदेखि निकट मानिन्छन् । कांग्रेस विभाजित हुँदा पनि खड्काले देउवालाई साथ दिएका थिए । पछि एकता हुँदा पनि खड्काको महत्वपूर्ण भूमिका थियो ।

दुईजनाको सम्बन्ध १३ औँ महाधिवेशमा झन मजबुत भएको थियो । सभापतिमा देउवालाई जिताउन खड्का बिरामी हुँदा हुँदै पनि मैदानमा उत्रिएर प्रत्यक्ष भूमिका खेलेका थिए । उपचार हुँदै गर्दा आराम गर्नुपर्ने बेला खड्का मुखमा मास्क लगाएर देउवाको पक्षमा भोट माग्न सडकमै उत्रिएको गुन देउवाले भुल्न नहुने एकथरी नेताहरूको भनाइ छ ।

खड्को यो भूमिका देउवालाई जिताउनका लागि मात्र नभै उपसभापतिमा मनोनीत हुनका लागि पनि थियो । देउवाले पनि आश्वासन दिएका थिए । महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित त भए, खड्कालाई दिएको आश्वासन पूरा गर्न अहिलेसम्म सकेनन् ।

पछिल्लो समय यही कारणले खड्का देउवाबाट टाढिदै गएका छन् । यसको उदाहरण राष्ट्रियसभाको उम्मेदवार छनौटमा भएको असन्तुष्टि पनि हो । टिकट वितरणका लागि भएको अन्तिम छलफलमा खड्का उपस्थिती नै भएनन् ।

लामो समय अस्वस्थ भएको खड्का अहिले विस्तारै स्वस्थ बन्दै छन् । खड्काले राजनीतिमा सक्रियता बढाउँदै लगेका छन् । अबका दिनमा खड्का देउवासँग नजिक हुने सम्भावना बढेर गएको एक नेताले बताए । उपसभापतिमा मनोनीत नभएकाले खड्काले देउवाप्रति वा देवाले खड्काप्रति झिनो आशा बाँकी राखेको हुन सक्छन् ।

खड्का र निधि कसलाई उपसभापति बनाउने भन्नेमा देउवा अझै टुंगोमा पुगेका छैनन् । उपसभापति मनोनीत नभएको खण्डमा बाँकी केही पनि स्वार्थ नरहने भएपछि खड्का स्पष्ट रुपमा नै देउवा समूह छोड्ने मनस्थितीमा पुगेको स्रोतको भनाइ छ ।
आउँदा दिनमा खड्का महामन्त्री डा.शशांक कोइराला समूहमा प्रवेश गर्ने चर्चासमेत चलेको छ ।

खड्कालाई अझै पनि केन्द्रीय समितिमा शंकर भण्डारी, पुष्पा भुसाल र देवेन्द्रराज कँडेल जस्ता शक्तिशाली नेताहरूले साथ दिँदै आएका छन् ।

प्रचण्ड प्रधानमन्त्री बनेका बेला गृहमन्त्री बनेका विमलेन्द्र निधिले नेपाल प्रहरीको आईजीपी बढुवामा एमाले निकटका डिआईजी नवराज सिलवाललाई साथ दिएर कांग्रेसलाई ठोलो क्षति पु¥याएका थिए । सिलवालसँगको लडाइँ अहिले पनि कांग्रेसले लडिरहेको छ । कांग्रेसले त्यो घटनाबाट ठूलो मूल्य चुकाउनु परेको छ ।

Published : Wednesday, 2018 January 24, 1:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया