यसरी भयो ओलीको गुट छिन्न-भिन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको झण्डै दुईसाता लामो बैंकक बसाइको राज अहिले आएर खुलासा भएको छ ।

भक्तपुरको बालकोटस्थित आलिशान निवासमा घाम तापेर समय बिताउँदै आएका ओलीले एका एक सरकार बनाउने गृहकार्य सुरु गरेका छन् । ओलीले सरकारको गृहकार्यका लागि सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसहितका नेताहरूलाई खटाएका छन् ।

स्रोतका अनुसार ओलीले आफू प्रधानमन्त्री रहेका बेला अर्थ र गृह मन्त्रालय एमालेले राख्ने गरेर छलफल अगाडि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् ।

तर, ओलीलाई प्रधानमन्त्री, गृह र अर्थ एमाललाई दिन माओवादी केन्द्रले मान्दैन भन्नेमा जानकार छन् । समीकरण मिलाउँदा गृह मन्त्रालय माओवादीको पोल्टामा जान्छ भन्ने बुझेका छन् ।

ओलीले गृह र उपप्रधान मन्त्री पद संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि दिएका छन् । माओवादीले मानेन भने ओलीले उपेन्द्र यादवलाई सरकारमा लागेर भए पनि नयाँ सरकार बनाउनुपर्ने भनेर गृहकार्य गरेको स्रोतको भनाई छ ।

तर, ओलीलाई यो कठिन बाटोमा जाने आवश्यक्ता पर्ने छैन । ओलीले भित्रभित्रै मन्त्री र मन्त्रालय बनाउन गृहकार्य गरेका हुन् । स्रोतका अनुसार एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, शान्ता चौधरीसहितका नेताहरू मन्त्री बन्ने सूचीमा परेका छन् ।

ओलीले माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसालसहितका नेताहरूलाई उचालेर मन्त्री बनाउने आश्वासन बाँडेको स्रोतको भनाई छ ।

हुन त ओलीले राजपा नेपालका राजेन्द्र महतो र महेन्द्र राय यादवलाई पनि मन्त्री बनाउने भनेर आश्वासन दिइसकेका छन् । त्यसका लागि राजपा नेपालले एमाले र ओलीको लाइनमा काम गर्नुपर्ने हुन्छ ।

बरु ओलीको बैंकक बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतसँग भएको सहमति अनुसार संघीय फोरम र राजपा नेपाललाई पनि सरकारमा लैजाने भित्री तयारी भएको छ ।

भारतसँगको सम्बन्ध सुधारका लागि ओलीले दुईवटा मधेस केन्द्रित दलहरूलाई सरकारमा पठाइदिनुपर्ने अडान मोदी समक्ष राखेको स्रोतको भनाई छ ।

संघीय फोरम र राजपा नेपाललाई सरकारमा जान सहज होस् भनेर मोदीले केही दिन अगाडि ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाइ दिए । त्यति मात्रै होइन मोदीले ओलीलाई प्रधानमन्त्रीका रुपमा भ्रमणको निम्तो समेत दिएका छन् ।

मोदीले अचानक आएर ओलीलाई बधाइ दिनुको कारण सबैले अड्कल गर्न थालेका छन् । जे होस् ओलीले ढिलै भएपनि भारतसँगको आफ्नो बिग्रिएको सम्बन्ध सुधार गरेका छन् । यो सम्बन्धलाई ओलीले सरकारमार्फत अझ सुमधुर बनाउने इच्छा देखाएको स्रोतको भनाई छ ।

भारत पनि तत्काल ओलीलाई प्रधानमन्त्री बन्न रोक्ने पक्षमा देखिएको छैन । बरु ओलीलाई फकाएर सरकार बनाउन दिएर केही महिनापछि आफू अनुकूलका निर्णय र काम हुन नसकेमा बाम गठबन्धनलाई झट्का दिने पक्षमा रहेको स्रोतको दाबी छ ।

ओलीले आफूलाई बलियो अवस्थामा राख्न भारतलाई मिलाए पनि आफ्नै पार्टीभित्र भने समस्या भोग्नुनर्पे अवस्था आएको छ ।

बामदेव गौतम र ईश्वर पोखरेलबीच बोली बाराबारको अवस्था आएपछि ओली संकटमा परेका हुन् । ओलीको आफ्नै व्यवहारले गर्दा संस्थापन पक्षको गुट छिन्नभिन्न हुने अवस्थामा रहेको स्रोतको भनाई छ ।

Published : Thursday, 2018 January 25, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया