वृद्ध भत्ता दिने समय घटाएकोमा ओलीको आपत्ति

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले ७० वर्ष घटाएर ६५ वर्ष उमेरकालाई वृद्धि भत्ता दिने निर्णयको विरोध गरेका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बिहीबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर ओलीले वृद्धा भत्ता वितरणका लागि उमेर घटाएको भन्दै आक्रोश व्यक्त गरे । ‘वृद्ध भत्तामा उमेर किन घटाइयो ?’, उनले भने, ‘के प्रयोजनको लागि सरकारलाई उमेर घटाउनु प-यो ? जनताप्रति संवेदनशीलता खोइ ? वृद्धा भत्ताको उमेर घटाएर देशलाई बोझ बोकाउने ?’

सरकारले बुधबारको मन्त्रिपरिषद बैठकबाट वृद्धा भत्ता वितरणका लागि ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेको थियो । त्यसको एमालेका अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेर विरोध गरका हुन् ।

अध्यक्ष ओलीले कर्मचारीहरूलाई स्वयच्छिक अवकास दिन गरेको निर्णयको पनि विरोध गरेका छन् । ‘संघीयता कार्यान्वयन गर्नुपर्ने बेला यो सरकारले कर्मचारीहरूलाई स्वयच्छिक अवकास दिने निर्णय भएको छ’, उनले भने, ‘कर्मचारीको स्वयच्छिक अवकासका नाममा ६० अर्ब खर्च गराइदिने काम भयो ।’ सरकारले धेरै कर्मचारीलाई हटाउन सरकारी स्वयच्छिक अवकासको व्यवस्था ल्याएको हो ।

सरकारको कामकारबाहीप्रति आक्रोशित देखिएका ओलीले सरकारले गरेका संवैधानिक र ऐन विपरित गरेका कामकारबाहीलाई आफूहरूले नमान्ने बताए । उनले निर्वाचन आयोग पनि निकम्मा भएको भन्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरूको चर्को विरोध गरेका थिए ।

एमालेका अध्यक्ष ओलीले प्रहरीभित्र गर्न लागेको बढुवा र ३० वर्षे हटाउन लागेको भन्दै आक्रोश जनाए । उनले भने, ‘किन चाहियो डिआईजी ? यस्ता नचाहिने काम गर्नु हुँदैन ।’

पर्सा जिल्लामा सिमाना मिचिएको आफूले पनि चासो दिएको बताए । ‘सीमा मिचिएको विषयमा हाम्रो टोली त्याहाँ गएको छ’, उनले भने, ‘सिमानामा केही समस्या रहेको रहेछ भने आपसी सहमतिमा मिलाउनुपर्छ ।’

एमालेका अध्यक्ष ओलीले कीर्ते मुद्दालाई सामान्य रहेको टिप्पणी गरे । ‘नवराज सिलवालका विषयमा कीर्ते गरेका बारेमा अब बन्ने नयाँ सरकारले पनि छानविन गर्छ । दोषीलाई कारबाही गर्छ । नवराज सिलवाल असुरक्षित छन् जस्तो लाग्दैन ।’ पत्रकार सम्मेलनमा ओलीले सिलवालको पक्षमा बचाउ गरेका थिए ।

Published : Thursday, 2018 January 25, 5:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया