आइइएलटिएस ‘घोटाला’मा प्रहरीको ‘कनेक्सन’, डिएसपीमाथि प्रश्न उठ्यो

काठमाडौं । शिक्षा मन्त्रालयले बानेश्वरस्थित वर्ल्डवाइड एजुकेसन कन्सल्टेन्सीमाथि कारबाही गरेको छ । सो कन्सल्टेन्सीका सञ्चालक सुरज लामासहितको संलग्नतामा ब्रिटिश काउन्सिलको आइइएलटिएसको प्रश्नपत्र आउट भएपछि प्रहरीबाट अनुसन्धान भइरहेको भन्दै मन्त्रालयले निलम्बन गर्ने गर्ने निर्णय गरेको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका मुद्दा फांटका डिएसपी बेल पाण्डेले आर्थिक चलखेल गरी लामालाई प्रश्नपत्र आउट गर्न सहयोग गर्ने ब्रिटिश काउन्सिलका कर्मचारी बिक्रान्त गुरुङलाई क्लिन चिट दिएर अनुसन्धानलाई नै प्रभावित गरेको स्रोतले जनाएको छ ।

डिएसपी पाण्डेले शैक्षिक परामर्श सेवाको नाममा ठगी धन्दा चलाउने माफियासँग मिलेर काउन्सिलका कर्मचारीबाट मोटो रकम असुलेर ब्रिटिश काउन्सिलको अनुसन्धान पूरा नहुँदै धमाधम परीक्षा सञ्चालन गर्न अनुमति दिइ उल्टै गिरोहलाई नै संरक्षण दिएपछि उनीमाथि नै अनुसन्धान हुनु पर्ने अवस्था आएको छ ।

जबकी प्रहरी अनुसन्धानका क्रममा लामा र गुरुङको कनक्सेन खुलिसकेको थियो । जनवरी ६ लागि तय भएको आइईएलटिएस परीक्षाको प्रश्नपत्र प्रहरीले पाँच तारिखमा नै सुन्धारा र ठमेलका गेष्ट हाउसबाट बरामद गरेको थियो ।

बरामद प्रश्नपत्र र परीक्षामा सोधिएका प्रश्नहरू एउटै भएपछि प्रहरीले अनुसन्धानको दायरा अझै फराकिलो बनाउने जनाएको थियो । विद्यार्थीले दिएको उजुरीका आधारमा गेष्ट हाउसमा छापा मारी १३ जना प्रक्राउ परेका थिए भने चार जनालाई अनुसन्धान गरी मुद्दा चलाइएको थियो । बाँकी ९ जना विद्यार्थी रहेको भन्दै छाडिएको थियो ।

प्रहरी अनुसन्धानमा आइइएलटिएस परीक्षा पास गर्न चाहने विद्यार्थीसँग पैसा लिएर काउन्सिलकै कर्मचारीले उनीहरूलाई पास गराउने गरेको खुलेको थियो । परीक्षाअघि नै विद्यार्थीलाई प्रश्नपत्र विक्री गर्ने काममा काउन्सिलकै कर्मचारीको मिलेमतो रहेको देखिएको स्रोतको दाबी छ ।

काउन्सिलका कर्मचारीले एक जनालाई प्रश्नपत्र विक्री गरेको डेढदेखि २ लाख ५० हजारसम्म लिने गरेका थिए । लामो समयदेखि पैसा लिएर प्रश्नपत्र विक्री गर्दै आएका र आफूलाई काउन्सिलको कर्मचारीसमेत बताउने पक्राउ परेका सुरज तामाङले काउन्सिलबाटै प्रश्नपत्र विक्री हुने गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा खुलाएका थिए ।

तामाङको ब्रिटिश काउन्सिलका नेपाल हेर्ने कर्मचारी बिक्रान्त गुरुङसँग पनि कनेक्सन रहेको प्रहरी अनुसन्धानका क्रममा खुलिसकेको छ ।

तर, बिक्रान्त गुरुङ अहिलेसम्म पनि पक्राउ परेका छैनन । उल्टै डिएसपी पाण्डेले संरक्षण दिँदै आएका छन् । पक्राउ परेका एक एजेन्टले आधा दर्जन विद्यार्थीसँग करिब चार लाख रुपैयाँभन्दा बढी उठाएर मुख्य एजेन्टलाई दिँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

जनवरी ६ तारिखमा प्रश्नपत्र आउट भएको प्रमाणित भइसक्दा पनि उक्त परीक्षा रद्द हुनुपर्नेमा डिएसपी पाण्डेले एसएसपी रविन्द्र धानुकलाई उल्टो सल्लाह दिएर रद्द हुन नदिएको अनुसन्धान स्रोतको भनाइ छ ।

Published : Friday, 2018 January 26, 1:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया