प्रचण्डलाई सहध्यक्षमा प्रस्ताव, ओलीको व्यवहारबाट माओवादी आजित

काठमाडौं । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सकारात्मक मोडमा पुगेर सम्पन्न भएको छ ।

ललितपुरको मानभवनमा आइतबार भएको भेटमा राष्ट्रिय सभामा एमाले–माओवादी केन्द्रका उम्मेदवारलाई जिताउने र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको हो । भेटवार्तामा ओली र दाहालबीच पार्टी एकताका बारेमा कुराकानी भएपनि ठोस सहमति हुन नसकेको बताइएको छ ।

धेरै विषयमासहमति भएको ओली र दाहालले बताएका छन् । तर, कुन कुन विषयमा सहमति भएको हो उनीहरूले केही बताएनन् ।

स्रोतका अनुसार ओलीले प्रचण्डलाई एकीकृत पार्टीको सहध्यक्षमा प्रस्ताव गरेका छन् । सहध्यक्ष माओवादीका अध्यक्षले माने वा मानेनन् केही बताइएको छैन ।

ओली प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष हुने तथा दाहाललाई सहध्यक्षसहित कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनेबारे कुराकानी भएको एक नेताले बताए ।

एमालेका एक नेताले भने, ‘माओवादीसँग के नै संगठन छ र ? एमालेभन्दा ३० प्रतिशत सानो पार्टीलाई कसरी एकीकृत पार्टीको अध्यक्ष पद दिने ? सहध्यक्षसम्म दिन मिल्छ ।’ स्रोतका अनुसार सहध्यक्ष बनेर केही समय कार्यबाहक अध्यक्ष चलाउने ओलीको प्रस्तावमा दाहाल सकारात्मक रहेका छन् ।

ओली र दाहालबीच मुख्यमन्त्रीसहितका केही पदहरूमा पनि सहमति भएको बताइएको छ ।

Published : Sunday, 2018 January 28, 10:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया