‘प्रचण्ड’ र पूर्वराजाका खास ‘मान्छे’बीच वार्ता

काठमाडौं । बाम गठबन्धनले सरकार बनाउने अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालका बेला परराष्ट्र मन्त्री बनेका रमेशनाथ पाण्डेबीच अचानक भेटवार्ता भएको छ ।

प्रचण्डले सोमबार पाण्डेलाई ललितपुरस्थित एक व्यक्तिको घरमा पुगेर भेटवार्ता गरेका हुन् । सो वार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र बाम गठबन्धनको लक्ष्यका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । उनीहरूका बीच झण्डै एक घण्टा वार्ता भएको स्रोतको भनाइ छ । उनीहरूबीच के कुरा भएको हो केही बताइएको छैन ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग निकट मानिने पूर्व मन्त्री पाण्डेसँग माओवादी अध्यक्ष प्रचण्डको भेटवार्तालाई महत्वका साथ नेताहरूले लिएका छन् ।

Published : Tuesday, 2018 January 30, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया