कांग्रेसका यी केन्द्रीय सदस्यहरूले देखाए बानेश्वरमा ‘चटक’, गरे जुत्ता पासिल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले काठमाडौंको नयाँ बानेश्वर चौकमा सर्वसाधारणका जुत्ता पालिस गरेर पार्टी नेतृत्व र शुभेच्छुकहरूको ध्यान आफूतिर तान्ने प्रयास गरेका छन् ।

मंगलबार बिहान कांग्रेसका केन्द्रीयस्तरका नेताहरू चोकमा जुत्ता पालिस गर्न ब्रस लिएर बसेका थिए । पैदलयात्रु तथा आगन्तुकका जुत्ता उनीहरूले धमाधम पोलिस गरेका छन् ।

बाटोमा जुत्ता पालिस गर्नेहरूमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेता रहेका छन् ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममार्फत् पार्टी शुद्धीकरण हुनु पर्ने भन्दै उनीहरुले सांकेतिक विरोध यसरी गरेका थिए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोरेपछि कांग्रेसका दोस्रो तहका नेताहरु पार्टी नेतृत्वमा परिवर्तन हुनु पर्ने माग गर्दै आएका छन् ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले केही समय अगाडि बाडेगाउँस्थित आश्रममा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाएर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूको अपमान गरेको थियो ।

Published : Tuesday, 2018 January 30, 12:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया