साधारण नागरिक बनेर झुल्किए पारस, यसरी जिते सबको मन

काठमाडौं । पूर्व युवराज पारस शाहले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । पछिल्लो समय लोप्रोफाइलमा बस्दै आएका शाह सहयोगीहरूका साथ पशुपतिनाथमा दर्शनका लागि पुगेका हुन् ।

पत्नी हिमानी र बाबु ज्ञानेन्द्र शाहसँग सम्बन्ध राम्रो हुन नसकेको आरोप पारसलाई लाग्ने गरेको छ । तर, पनि उनीहरू पारिवारिक जमघटका बेला तस्बिरहरूमा देखिने गरेका छन् । पारस एक्लै सुनाकोठीस्थित बहिनीको निवासमा बस्ने गर्दछन् ।

पशुपतिनाथ मन्दिरका साथै पूर्व युवराजा पारस शाहले गुहेश्वरी र गोरखानको मन्दिरमा पनि पूजाअर्चना गरेका थिए । सामान्य नागरिक सहर देखिएका पारस शाहले कपाल र दाह्री काटेका थिएनन् ।

Published : Tuesday, 2018 January 30, 6:34 pm

1 प्रतिकृया प्राप्त “साधारण नागरिक बनेर झुल्किए पारस, यसरी जिते सबको मन”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया