यो हो पैसाको अबैध कारोबार गर्ने गिरोह
वीरगञ्ज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् ।
राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौलका रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद, दुई बोरा कागजपत्र, मोबाईल ६ थान बरामद गरेको छ ।
विभिन्न व्यक्तिले दिएको २० लाख जतिको चेक समेत बरामद भएको छ । पक्राउ परेका मध्ये राजेश हुण्डी कारोबार हुँदै आएको घरका धनी हुन् भने बिनित कर्मचारी र मनोज मनी एक्सचेन्जका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरी टोली सेवाग्रहीका रुपमा पुगेको मुम्बईको गंगाराम अस्पतालमा भर्ना भएको विरामीलाई रकम पठाउनुछ भन्दै हुण्डी काररोबारीसम्म पुगेको थियो ।
वीरगञ्जको लिंक रोडमा रहको दक्षिणकाली अटोपार्टसको आडमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा छापा मारेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।
हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भएको भन्दै प्रहरी उपरीक्षक रेग्मीले उनीहरूको खोजी भइरहेको बताए ।
उनीहरूले अमेरिका, सिंगापुर, मलेसिया, हङ्कङ तथा युरोपियन मुलुकहरूमा समेत हुण्डी मार्फत रकम पठाउँदै आएको काजपत्र फेला परेको प्रहरीको दाबी छ ।
यसमा तपाइको मत