प्रचण्डलाई सुरक्षा थ्रेट, अब ५९ प्रहरीको घेरामा बस्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि ५९ जना प्रहरी परिचालन भएका छन् ।

नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) सन्तोष सिंह राठौरको नेतृत्वमा ५९ जना प्रहरी सुरक्षार्थ खटिएको उच्च स्रोतले जनाएको छ । प्रचण्डलाई सुरक्षा थ्रेट रहेको भन्दै यति धेरै प्रहरी सुरक्षाका लागि खटाइएको माओवादीका एक नेताले बताए ।

डिएसपी राठौंरको नेतृत्वमा नेपाल प्रहरीका २९ र सशस्त्र प्रहरी बलका निरीक्षक खेम ठगुन्नाको नेतृत्वमा ३० जना प्रहरी प्रचण्डको सुरक्षामा रहनेछन् ।

Published : Tuesday, 2018 February 20, 8:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया