असुरक्षित ठानेपछि कम्युनिष्ट सरकारले लगायो निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानमन्त्री कार्यालय बालुवाटारसहितका आधा दर्जन स्थानमा लाई रेखाङ्कन गरेर निषेधित घोषणा गरेको छ ।

स्थानीय प्रशासन ऐनअनुसार काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मंगलबार सूचना जारी गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा प्रदर्शनमा रोक लगाएका हुन् ।

सूचनामा राष्ट्रपति कार्यालय शीतल निवास आसपासको क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने उल्लेख छ । संसद भवन, सिंहदरबार, उपराष्ट्रपतिको कार्यालय, निर्वाचन आयोगको कार्यालय लगायतका स्थानमा पनि स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि ती क्षेत्रहरूमा धर्न, जुलुस, प्रदर्शन, घेराउ लगायतका कुनै पनि गतिविधि गर्न पाइनेछैन । वाम गठबन्धनको नयाँ सरकार आएलगत्तै विरोध प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा बनाइ राख्ने निषेधाज्ञा जारी गरेको हो ।

Published : Tuesday, 2018 February 20, 5:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया