कीर्ते काण्डमा यसरी फस्ने भए डा.गोविन्द केसी (तथ्यसहित)

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति फरक रहेको भन्दै नैतिकतामाथि प्रश्न उठाउने अनशनकारी डा.गोविन्द के.सी.कै जन्ममितिमा गम्भीर प्रश्न उठेको छ ।

डा.के.सी.ले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा फरक–फरक जन्ममिति भएको तथ्य फेला परेको हो ।

अनसनस्थलका रूपमा चिनिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राध्यापक रहेका डा.के.सी.को एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख छ । उपप्राध्यापक रहँदा सह–प्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा डा.के.सी.को जन्ममिति २०१३ मंसिर २७ गते भनि लेखिएको रहेको स्रोतले जनाएको छ ।

२०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी डा. के.सी.ले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । डा.के.सी.ले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको उच्च स्रोतले जनाएको छ ।

डा.के.सी.ले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको त्रिविका एक कर्मचारीले बताए । प्रधानन्यायाधीश पराजुलीको जन्ममिति फरक रहेको भनी प्रश्न उठाउने डा.के.सी.ले अब आफ्नै जन्ममिति र नागरिकताको प्रमाणपत्रबारे कसरी स्पष्टीकरण दिने हुन् भनेर सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ ।

मंगलबार मात्रै डा.के.सी.ले अदालतको अपहेलनामा सर्वोच्च अदालतमा जवाफ पेस गरेका छन् । उनको समर्थनमा विवेकशील साझा पार्टीकी नेतृ रञ्ज दर्शना न्यौपानेको नेतृत्वमा प्रधानन्यायाधीश पराजुलीविरुद्ध नारावाजी भएको थियो ।

Published : Wednesday, 2018 February 21, 8:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया