राष्ट्रपतिविरुद्ध तरुण दलको सडक प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपतिविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।

राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको तरुण दलले आरोप लगाएको छ । राजनीतिक पूर्वाग्रहबाट ग्रसित भइ दलीय आस्थाको घेराभित्र बसेर राष्ट्रपतिले काम गरेको महासचिव भुपेन्द्रजंग शाहीले बताएको छ ।

यसैबीच, नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् ।

पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरूले बुधबारकाठमाडौंमा पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएका हुन् ।

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिसलाई बेवास्ता गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गरिन् ।

Published : Wednesday, 2018 February 21, 5:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया