‘कान्छी’लाई मन्त्री बनाउन यी कम्युनिष्ट नेताले देखाए ‘चर्तिकला’

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई मन्त्री बनाउन एकता केन्द्र (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक भेटवार्ता र परामर्शहरूलाई तीब्र बनाएका छन् ।

उच्च स्रोतका अनुसार सिंहले आफ्नी पत्नी समेत रहेकी सांसद पौडेललाई मन्त्री बनाउनका लागि लबिङ गर्न प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका हुन् ।

‘मोहन विक्रम सिंहले आफ्नी पत्नी समेत रहेकी सांसद दुर्गा पौडेललाई मन्त्री बनाउन प्रचण्ड र ओलीसँग कुरा गर्नुभएको छ’, जनमोर्चाका एक नेताले भने, ‘ओली–प्रचण्डले पनि सकारात्मक आश्वासन दिनुभएको छ ।’

पौडेललाई मन्त्री बनाउन महामन्त्री सिंहले ठूलो प्रयास गरे पनि जनमोर्चाभित्रको एउटा समूहले रोक्ने प्रयास गरिरहेको छ ।

स्रोतका अनुसार महामन्त्री सिंहले आफ्नी पत्नीलाई सांसद बनाएर पार्टीमा योगदान पु-याएका नेताहरूलाई पाखा लगाएको भन्दै राजमोभित्र विवाद सुरु भएको छ ।

एमाले–माओवादीको सहयोगमा राष्ट्रिय जनमोर्चाकी नेतृ पौडेलले प्रतिनिधि सभा निर्वाचनमा गृह जिल्ला प्यूठानबाट विजयी हासिल गरेकी हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्द पोखरेललाई ठूलो मतअन्तरले पराजित गरेकी थिइन् ।

Published : Friday, 2018 February 23, 7:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया