मन्त्री बन्ने सूचीमा बुहारीको नाम एक नम्बरमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुहारीसहितका नेताहरूको नाम मन्त्रीको सूचीमा राखेका छन् ।

ललितपुरको खुमलटारस्थित निवासमा शुक्रबार बिहान बसेको अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरूको सूची बनाएको हो । स्रोतका अनुसार अध्यक्ष दाहालले आफ्नी बुहारी बीना मगरलाई सूचीमा राखेका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बीना मगर र अमनलाल मोदीलाई मन्त्री बनाउने सूचीमा राखिएको स्रोतले जनाएको छ ।

माओवादीका एक नेताले भने, ‘अध्यक्ष प्रचण्डले आफ्नी बुहारीलाई मन्त्री बनाउन सूचीमा एक नम्बरमा राख्नुभएको छ ।’

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘अध्यक्षज्यूलाई परिवारको माया होला नि ? माओवादीमा अरु पनि होनहार र योगदान दिएका थुप्रै नेता छन् । बुहारी बीना मगरलाई नै किन मन्त्री बनाउनु परेको होला ?’

Published : Friday, 2018 February 23, 4:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया