कांग्रेसको बोल्ड निर्णय, धोखेबाजहरूको मुटु ‘काम्यो’

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्वाचनका बेला असहयोग र अन्तरर्घात गर्ने नेता तथा कार्यकर्तामाथिको छानविन सुरु गरेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको हो ।

‘तेस्रो चरणमा सम्पन्न भएको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन तथा मुलुकभर सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय अनुशासन समिति समक्ष आवश्यक प्रमाण सहित २०७४ चैत १५ गतेभित्र प्राप्त हुन आएका उजुरीहरू उपर मात्र छानविन गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले चैत १५ गतेसम्म अन्तर्घात र असहयोग गर्नेहरू विरुद्ध उजुरी दिन पनि आग्रह गरेको छ । समितिको यो निर्णयले अन्तर्घात गरेर पार्टीका आधिकारिक उम्मेदवारहरू हराउन भूमिका खेल्ने नेता तथा कार्यकर्ता तनावमा परेका छन् ।

Published : Friday, 2018 February 23, 5:28 pm

4 प्रतिकृया प्राप्त “कांग्रेसको बोल्ड निर्णय, धोखेबाजहरूको मुटु ‘काम्यो’”

  • बोट हालेको हेर्न पाइदैन बेभार ले सबै खुलस्त हुन्छ प्रमान बिना कार्बाही हुदैन

  • BP le bhaner janu bhayeko thio madhes kangares ko bhot bank ho tar hal ka kangares neta haru le BP ka kura lai wasta garena madhes lai bujhan sakena samman garna saken jasle garda har khanu parayo asma karykarta lai dos diyer feri arko bhul garla eneta harule

  • देशको बिकाश गर्नुहोस नाकि बिनाश

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया