नयाँ मापदण्डले एमालेका नेताहरूलाई राष्ट्रपतिमा बाटो बन्द
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति जारी भइसकेको अवस्थामा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा एमालेभित्र सहमति हुन सकेको छैन । तर, राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने सम्भावना निकै छ ।
माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले कसलाई राष्ट्रपति बनाउने भनेर निर्णय गरेको छैन । यद्यपि, एमालेका उपमहासचिव विष्णु पौडेलले अहिलकै राष्ट्रपति भण्डारी दोहोरिन सक्ने संकेत गरेका छन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली भण्डारीको पक्षमा छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा जनाएका छन् ।
अर्का पूर्व अध्यक्ष माधवकुमार नेपालले पनि खनाललाई बनाउन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गर्ने गरेको स्रोतको भनाइ छ ।
ओली पक्षले खनाललाई राष्ट्रपति बन्नबाट रोक्नका लागि नयाँ मापदण्डको कुरा अघि सारेको आरोप छ ।
नेपाली रेडियो रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आइतबार बिहान कुरा गर्दै एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न उचित नहुने तर्क अघि सारे ।
‘कार्यकारी प्रमुख भइसकेका व्यक्तिले राष्ट्रपति बन्न मिल्दैन । हुँदैन । प्रधानमन्त्री भइसकेका व्यक्तिहरूले राष्ट्रपति बन्ने चाहना राख्नु उचित हुँदैन’, उपमहासचिव पौडेलले भने ।
कार्यकारी प्रधानमन्त्री भइसकको व्यक्ति राष्ट्रपति बन्दा संवैधानिक दायरामा नबस्ने सम्भावना बढी हुने पौडेलको तर्क छ ।
I like repablica news paper
कुरात सहि छ तर संविधान नै मिचेर रास्ट्रपति ज्युले प्रधानमन्त्री बनाए। स सासन्दले सफत काहा खाए सासन्द बैठ्क काह बस्यो।अनि प्रधानमन्त्रीले कमसे कम डा युबराज खतिवडालाई रास्ट्रीय सभाको सद्स्यमा मनोनित गर्नु भएको छ । अनि पुर्ब प्रधानमन्त्री रास्ट्रपति किन हुन नपाउने……..?
कुरात सहि छ तर संविधान नै मिचेर रास्ट्रपति ज्युले प्रधानमन्त्री बनाए। सासन्दले सफत काहा खाए सासन्द बैठ्क काह बस्यो।अनि प्रधानमन्त्रीले कमसे कम डा युबराज खतिवडालाई रास्ट्रीय सभाको सद्स्यमा मनोनित गर्नु भएको छ । अनि पुर्ब प्रधानमन्त्री रास्ट्रपति किन हुन नपाउने……..?