कम्युनिष्ट सरकारसँग सम्बन्ध सुधार गर्दै ओली–पुरी

काठमाडौं । कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी ओलीसँगको सम्बन्ध सुधारका लागि भारतले हदैसम्मको प्रयास थालेको छ ।

नेपालका स–साना पर्व र घटनालाई लिएर नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले ओलीसँग भेटवार्ता गर्ने गरेका छन् । ओली प्रधानमन्त्री भएपछि विभिन्न बहाना बनाएर तीन पटक भेटवार्ता गरिसकेका छन् ।

बिहीबार बिहान पनि राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेका छन् । भेटका बेला पुरीले ओलीलाई होली पर्वको शुभकामना दिए ।

ओलीसँगको सम्बन्ध सुधार गर्नका लागि भारतीय राजदूत पुरीले ठूलो प्रयास गरेका छन् । भारतको हेपाह प्रवृत्तिको बिरोध गरेर आफ्नो राष्ट्रवादी छवि उच्च बनाएका ओलीसँग भारतीय पक्षले सम्बन्ध सुधार गर्न खोजिरहेको छ ।

भारतीय राजदूत पुरीले ओलीको जन्मदिनको पनि शुभकामना दिए । त्यसका लागि राजदूत पुरी बालुवाटार पुगेका थिए । ओलीले पनि राजामहाराजले जस्तै गरेर धुमधामका साथ लाखौँ रुपियाँ खर्च गरेर जन्मोत्सव मनाए ।

चीनको दवावमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुन लागेको भनेर चर्चा भइरहेका बेला भारतले त्यो गठबन्धन र एकता प्रक्रियालाई रोक्न खोजेको आरोप पनि छ ।

Published : Thursday, 2018 March 1, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया