शेरबहादुर देउवा दुईतिहाइ नजिक

काठमाडौं । प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् ।

तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् ।

नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ ।

तीमध्ये नेता सिटौलाको पक्षमा रहेका काठमाडौं–६ बाट जितेका भीमसेनदास प्रधानले बिहीबार नै सभापति देउवालाई भेटेर दलको नेतामा मत दिन आश्वासन दिएका छन् ।

सिटौला पक्षकै बारा–१ बाट जितेका उमाकान्त चौधरी र उद्योपति विनोद चौधरीले पनि देउवालाई नै मत दिने संस्थापन पक्षको आँकलन छ ।

Published : Sunday, 2018 March 4, 10:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया