सुध्रिदै ओली–देउवा सम्बन्ध, संसदभित्रै संक्षिप्त कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित विभिन्न दलका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना दिएका छन् ।

सोमबार बसेको संसद बैठक सक्किनेवित्तिकै बैठक कक्षभित्र प्रधानमन्त्री ओलीले देउवालाई बधाइ दिएका हुन् ।

देउवालाई रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राजपा नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरूले समेत बधाइ तथा शुभकामना दिएका थिए ।

संसदीय दलको नेताका लागि सोमबार सिंहदरबारमा भएको निर्वाचनमा देउवाले ४४ मतका साथ आफ्ना प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई पराजित गरेका थिए । कांग्रेसका नेता सिंहले जम्मा १९ मत मात्रै पाएका थिए ।

Published : Monday, 2018 March 5, 5:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया