भारतीय राजदूत पुरीले नेपाल छाडे, पाकिस्तानको इन्ट्रीले भारत तनावमा

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहिद खकानी अब्बासी नेपाल भ्रमणमा रहेका बेला नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले काठमाडौं छाडेका छन् ।

भारतीय राजदूत पुरी सोमबार नयाँदिल्ली प्रस्थान गरेको उच्च स्रोतले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं उत्रिएको केही समयभित्रै राजदूत पुरीले नेपाल छाडेका हुन् ।

राजदूत पुरीलाई दिल्लीबाट बोलावट आएपछि उनी दिल्ली प्रस्थान गरेका स्रोतको भनाइ छ । पुरीले नेपालको राजनीतिक परिस्थिति र पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण कसरी अकस्मातमा भयो भन्नेबारेमा ब्रिफिङ गर्ने स्रोतको दाबी छ ।

नेपालको कुटनीतिमा सधै हस्तक्षेप गर्दै आएको भारतको पछिल्ला रणनीतिहरू नराम्रोसँग असफल हुँदै आएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासी अकस्मात सबैलाई आश्चर्यमा पार्ने गरेर नेपाल भ्रमणमा आएपछि दिल्लीलाई चित्त नबुझेको स्रोतको भनाइ छ ।

भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई लिएर खराब समाचारहरू सम्प्रेषण गरिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले पनि अब्बासीको स्वागत र सत्कारमा कुनै कसर बाँकी राखेका छैनन् । ओलीले अब्बासीको स्वागतमा रात्रि भोजदेखि भेटवार्ता र राजकीय सबै सम्मान दिएका छन् ।

अब्बासीको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीबाट भएको स्वागत र सम्मानलाई भारतले रुचाएको छैन ।

Published : Tuesday, 2018 March 6, 8:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया