तपाईको एलान्मेन्ट मिलेन…त्यसपछि विमान ड्याम्म…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो ।

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए । तर, पाइलटले मानेनन । उत्तरदेखि अवतरण गर्न अनुमति मागे । विमान उत्तर पूर्व्तिर गयो । फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए । विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो ।’

Published : Monday, 2018 March 12, 6:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया