ओलीको क्याबिनेटमा प्रचण्डकी ‘बुहारी’ सामेल, यसरी मिलाइयो मन्त्रीहरूको वरीयता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । थपिएका सदस्यहरूलाई शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।

विस्तारित मन्त्रिपरिषदका सदस्यहरू एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन, शेरबहादुर तामाङ कानून न्याय तथा संसदीय मामिला, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार, जगत विश्वकर्मा युवा तथा खेलकुद रहेका छन् । एमालेबाट यी बाहेक गोकुल बास्कोटा, धनबहादुर बुढा र पद्मा अर्याल राज्य मन्त्री बनेका छन् ।

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल शिक्षा, वर्षमान पुन उर्जा, शक्ति बस्नेत वन, बीना मगर खानेपानी, चक्रपाणि खनाल कृषि तथा सहकारी मन्त्री बनेका छन् । माओवादीबाटै रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाइएको छ । खानेपानी मन्त्री बीना मगर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

ओली प्रधान मन्त्री भएको ठीक एक महिनापछि तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको हो । गत फागुन १४ गते दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरिएको थियो । शुक्रबार ११ मन्त्री र ४ राज्यमन्त्री थपिएका हुन् ।

संघीय समाजवादी फोरम शुक्रबार सरकारमा जाने भनिए पनि सहमति नजुट्दा प्रतिनिधित्व भएन ।

000

मिति २०७४ साल चैत्र२ गते शुक्रबारका दिनसम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलेसम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मिति २०७४/११/३ मा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नियुक्ति र हेरफेर गरी देहाय बमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
     1. श्री के.पी.शर्माओली प्रधानमन्त्री सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या ।
    2. श्री ईश्वर पोखरेल मन्त्री रक्षा ।
    3. श्री रामबहादुर थापा मन्त्री गृह ।
    4. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ।
    5. श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ।
    6. श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि ।
    7. श्री मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ।
    8. श्री रघुबीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात ।
    9. श्री गोकर्ण विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
  10. श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण ।
   11. श्री लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ।
  12. श्री थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।
  13. डा. युवराज खतिवडा मन्त्री अर्थ ।
  14. श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद ।
  15. श्री रविन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
  16. श्री शेरबहादुर तामाङ मन्त्री कानुन,न्याय तथा संसदीय मामिला।
  17. श्री चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।
  18. श्री बीना मगर मन्त्री खानेपानी ।

 

 

  19. श्री पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या ।
  20. श्री गोकुलप्रसाद वाँस्कोटा राज्यमन्त्री सञ्‍चार तथा सूचना प्रविधि ।
  21. श्री धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
  22. श्री रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।
Published : Friday, 2018 March 16, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया