एमाले निकट गुन्डा नाइके मनाङ्गे कहाँ छन् ?

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङ भारतमा लुकेर बसेको खुलेको छ । एमालेको साथ र समर्थनमा प्रदेश सभा सदस्य बनेका मनाङ्गेको सांसद बन्ने सपना चकनाचुर भएको छ ।

मनाङ्गेलाई नेपाल प्रहरीले खोजिरहेको छ । उनका बारेमा पत्ता लगाउन सकेको छैन । स्रोतका अनुसार मनाङ्गे हेटौंडा र वीरगञ्जमा रहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले केही दिनअघि ती स्थानमा पुगेको थियो ।

चलाख मनाङ्गे प्रहरीलाई छल्दै भारत पुगिसकेको उनी निकट स्रोतले दाबी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले फरार मनाङ्गेको खोजीलाई तीव्र पारिएको भएपनि पक्राउ गर्न नसकिएको बताएका छन् ।

गुन्डा नाइके मनाङ्गेलाई पक्राउ गर्न नेपाल प्रहरीले रेडकर्नर नोटिस पनि जारी गरिसकेको छ । उनलाई विश्वभरिका प्रहरीले जहाँ फेला पार्छ त्यहीँ पक्राउ गरेर नेपाल पठाइदिनेछ ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा मनाङ्गेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङ्गेको खोजी थालेको हो ।

जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङ्गे दुई वर्ष जेल बसिसकेका छन् । एमाले निकटका मनाङ्गेले उम्मेदवारी भने स्वतन्त्र रुपमा दिएका थिए । गुन्डा नाइके मनाङ्गेले अहिलेसम्म सपथ लिन पाएका छैनन् । उनीमाथि प्रहरीले पक्राउ आदेश जारी गरिसकेको छ ।

Published : Sunday, 2018 March 18, 8:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया