पूर्वराजाको नजर दोस्रो तहका नेतामाथि, शीर्षले विश्वास गुमाए

दमक । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना शुभेच्छुक र विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्नुका साथै सुझावहरू लिएका छन् ।

झण्डै दुई सातादेखि झापाको दमकमा बस्दै आएका पूर्वराजा शाहले स्थानीय शुभेच्छुक र विभिन्न दलका नेताहरूसँग परामर्श गरेका हुन् ।

आइतबार साँझ पनि पूर्वराजा शाहले शुभेच्छुकहरूसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । त्यस क्रममा पूर्वराजा शाहले शुभेच्छुकहरूबाट दिइने सुझाव र सल्लाह सुन्ने मात्रै गरेको एक सहभागीले जानकारी दिए ।

भेटमा राप्रपाको तर्फबाट उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाह सहभागी थिए । राप्रपा (प्रजातान्त्रिक) बाट महामन्त्री राजाराम श्रेष्ठ र सहमहामन्त्री सगुन लावती र केन्द्रीय सदस्य सुरेश आचार्यले पनि पूर्वराजालाई भेटेका छन् ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का डा.सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलले पनि पूर्वराजा शाहलाई भेटेका छन् ।

पूर्वराजा शाहले देश र जनताका बारेमा चिन्ता मात्रै लिने गरेका छन् । पूर्वराजा शाहले कसैप्रति लक्षित गरेर कुनै पनि अभिव्यक्ति दिएका छैनन् । यद्यपि, पूर्वराजा शाहले दोस्रो तहका नेताहरूले मुलुकमा केही गर्न सक्ने भन्दै राप्रपाका शीर्ष नेताहरूमाथि अविश्वासको संकेत गरेका थिए ।

Published : Monday, 2018 March 19, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया