एमालेका नवराज सिलवालको ‘फण्डा’ फ्लप, को–को चिप्लिए ?
काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको मानमर्दन हुने गरेर कीर्तेमा उजुरी परेको भन्दै केही ठूला मिडिया हाउसका अनलाइनहरूले समाचार प्रकाशित गरेपछि नेपाल प्रहरीले ती समाचारको खण्डन गरेको छ ।
पराजुलीविरुद्ध सोमबार कुनै पनि प्रकारको उजुरी नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् नायव उपरीक्षक मोहनकुमार थापाले जनाएका छन् । पराजुलीविरुद्ध उजुरी दर्ता भएको भनेर समाचार प्रकाशित भएपछि थापाले विज्ञप्ति जारी गरेर खण्डन गरेका हुन् ।
नायव उपरीक्षक थापाले भनेका छन्, ‘निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध यस कार्यालयमा कुनै पनि प्रकारको जाहेरी दर्खास्त दर्ता नभएको व्यहोरा सम्पूर्ण पत्रकारहरूमा जानकारी गराइन्छ ।’
कान्तिपुर दैनिक, सेतोपाटी लगायतका अनलाइनहरूले निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध कीर्तेमा कारबाहीको माग गरेर उजुरी परेको भन्दै झुठा समाचार सम्प्रेषण गरेका थिए ।
स्रोतका अनुसार पूर्व डिआइजी एवम् एमालेका सांसद नवराज सिलवाल निकटका केही व्यक्तिहरूले पराजुलीविरुद्ध प्रहरीमा प्रमाणपत्र कीर्तेमा कारबाहीको माग राखेर उजुरी दिएको भनेर भ्रामक हल्ला फिजाएका थिए ।
कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको विषयमा छानविन गर्ने भनेर तत्कालीन प्रधानन्यायाधीश पराजुलीले आदेश दिए पनि सिलवाल लुकेर बसेका थिए ।
पछि एमालेको सहयोगमा संसद भित्र्याएर सांसदको शपथ गराएर बचाइएको थियो । सिलवाल प्रहरीबाट बच्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा चढेर शपथ लिन संसद भवन प्रवेश गरेका थिए ।
प्रहरीले सोमबार कुनै पनि उजुरी दर्ता नभएको जनाएपछि कैलाश सिरोहिया, पूर्व डिआइजी सिलवाल, डा.गोविन्द केसी, युरोपियन युनियन र अदालतमाथि आक्रमण गरेर स्वतन्त्र न्यायालय सिध्याउने अभियानमा लागेको समूहलाई धक्का लागेको छ ।
यसमा तपाइको मत