सचिव भट्टराईसँग ओली ‘आगो’, जथाभावी नगर्न चेतावनी

काठमाडौं । एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी ओलीलाई चौतर्फी दबाब आएको छ ।

दोस्रो पटक मन्त्रिमण्डल विस्तार हुँदा भट्टराईको पनि नाम चर्चामा थियो । ओलीले उनलाई मन्त्री बनाएनन् । ओलीले भट्टराईलाई कारबाही जस्तो गरी बेवास्ता गरिदिए ।

सचिव भट्टराईलाई ओलीले किन मन्त्री बनाएनन् ? भन्नेबारे अहिले चौतर्फी चर्चा भैरहेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई भट्टराईका बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् ।

स्रोतका अनुसार ओलीले आफूलाई सोसल मिडियामार्फत अनावश्यक दबाब नदिन सचिव भट्टराई र उनको समूहलाई थ्रेट नै दिएका छन् ।

Published : Tuesday, 2018 March 20, 4:49 pm

1 प्रतिकृया प्राप्त “सचिव भट्टराईसँग ओली ‘आगो’, जथाभावी नगर्न चेतावनी”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया