यो हो २५ वर्षीया रञ्जिताको ज्यान लिने अस्पताल
विराटनगर । विराटनगरको न्युरो अस्पतालले शल्यक्रियाका क्रममा लापरबाही गर्दा २५ वर्षीया रञ्जिताकुमारी साहको मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् ।
सिराहा लाहानकी साहका आफन्तले मंगलबार रातभरि अस्पतालको गेटमा नाराबाजी गर्दै धर्ना दिएका छन् । मृतक साहका पति वीरेन्द्र कुमार साहका अनुसार गत फागुन २८ गते कार दुर्घटनामा परेपछि रञ्जितालाई तत्काल न्युरो अस्पताल विराटनगर ल्याइएको थियो ।
उनको दाहिने तिघ्राको शल्यक्रिया गत फागुन २९ गते नै गरिएको थियो । फागुन ३० मा सङ्क्रमण अझ बढेपछि उनलाई सिसियुमा सारिएको साहले बताए ।
अस्पतालले बिरामीका आफन्तलाई सहीछाप गराएको पत्रमा हाडजोर्नी विशेषज्ञ डा.नवीन कर्णले अपरेसन गर्ने लेखेको छ । हाडजोर्नीमा एमएस गरेका डा.कर्ण अर्थोपेडिक सर्जन हुन् ।
त्यस दिन डा.कर्ण विदामा बसेको हुँदा अर्का डा.शीलवन्त शाहले अपरेसन गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेश भट्टराईले बताए । डा.शाह एमएस नगरेका तथा हाडजोर्नीमा पिएचडी गरेका डाक्टर हुन् ।
वीरेन्द्रले लापरबाहीका कारण नै आफ्नी पत्नीको मृत्यु भएको आरोप लगाए । साहले पत्नीमा मधुमेह, उच्च रक्तचाप, मुटुजस्ता अपरेसन गर्दा जोखिम हुने कुनै प्रकारको रोग नरहेको जानकारी दिए ,
औषधिमा दुई लाख ५० हजार र अस्पतालमा एक लाख ५० हजार गरी आफ्नो ४ लाख रुपैयाँ सकिएको पनि साहले बताए ।
यसमा तपाइको मत