कम्युनिष्ट सरकारको तयारीले कांग्रेस सर्तक

काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदका महत्त्वपूर्ण निर्णयहरूलार्इ गोप्य राख्ने तयारी थालेको छ ।

सरकारका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक हुँदा समस्या उत्पन्न भएको भन्दै यस्तो तयारी थालिएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ओली सरकारको भित्री योजना चाल पाएपछि नेताहरूले आपत्ति जनाएका छन् ।

मन्त्रिपरिषद्को बैठकका आन्तरिक तथा मत्त्वपूर्ण निर्णयहरूलार्इ गोप्य राख्ने गरी तयारी थालिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

ओली सरकारले राष्ट्रिय महत्त्वका निर्णय, राष्ट्रिय सुरक्षा र आन्तरिक मामिलाका बारेमा क्याबिनेटले गर्ने निर्णयहरू गोप्य राखिनेछ । सामान्य जनचासोका निर्णयहरू सरकारको प्रवक्ताले सार्वजनिक गर्ने छन् भने राष्ट्रिय महत्त्वका निर्णहरू गोप्य राख्ने तयारी गरेको एक नेताले बताए ।

सरकारका निर्णयहरूको प्रसारणमा एकरूपता कायम गर्न गरी तयारी थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएका छ ।

सरकारका प्रवक्ता बाहेका अन्य मन्त्रीलार्इ सरकारको निर्णयका बारेमा बाहिर नबोल्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएको स्रोतले जनाएको छ ।

सरकारका तीन गोप्य निर्णयहरू आवश्यकता अनुसार सरकारले २४ घण्टापछि सार्वजनिक गर्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Published : Monday, 2018 March 26, 9:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया