गाई काटेर मासु खानेलाई कारबाही नगर्न माओवादी अध्यक्ष वैद्यको दवाव

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले घुमाउरो भाषामा गाईलाई काटेर मासु खानेकार्यलाई समर्थन गरेको छ ।

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले बुधबार विज्ञप्ति जारी गरेर गाई काटेर मासु खानेहरूलाई कारबाही नगर्न माग गरेका हुन् ।

‘गोहत्यावारे राज्यद्वारा कानूनी कार्यवाहीको प्रकृया अगाडि वढाइएको सन्दर्भमा संविधानमा उल्लेख गरिइएको धर्म निरपेक्षताको मान्यता स्वयम् राज्यद्वारा नै उल्लंघन गरिएकोछ । यस प्रकारका गतिविधिको पार्टी दृढ विरोध गर्दछ ।’

गाईको हत्या गरेर मासु खाएका व्यक्तिलाई प्रहरीले कारबाही गरिरहेका बेला अध्यक्ष वैद्यको विवादास्पद विज्ञप्तिको हिन्दूवादी संघसंस्थाले विरोध थालेका छन् ।

क्रान्तिकारी माओवादीले संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियानलाई आगामी २०७५ जेठ महिनासम्म थप गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

Published : Wednesday, 2018 March 28, 5:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया