कांग्रेस नेता खड्काको दिल्लीमा निधन

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा उपचार गराइ रहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ ।

उनको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मृगौला रोगबाट पीडित खड्काको ६७ वर्षको उमेरमा निधन भएको छ ।

अपोलोमा उपचार सुरु भएको ३९औँ दिनमा नेता खड्काको निधन भएको हो । खड्काको उपचारमा संलग्न चिकित्सकहरूले उनलाई बचाउन नसकेको बताए ।

कांग्रेस नेता खड्काको निधनसँगै शुभेच्छुकहरूले दुःख व्यक्त गर्नुका साथै समवेदना प्रकट गरेका छन् । खड्काको निधनको खबरले गृहजिल्ला दाङमा सन्नाटा छाएको छ ।

Published : Friday, 2018 March 30, 10:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया