भारत नजाँदै कम्युनिष्ट सरकारको उत्रियो ‘नकाब’

काठमाडौं । प्रधानमन्त्री केपी ओली राजकीय भ्रमणका लागि भारत जाने तयारी भइरहेका बेला पाकिस्तानस्थित नेपाली राजदूतावासबाट अफ्गानिस्तानको जिम्मेवारी हेर्ने अधिकार कटौती भएको छ ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार बुधबारदेखि लागू हुने गरेर पाकिस्तानस्थित नेपाली राजदूतावसको अधिकार कटौती गरिएको हो । प्रधानमन्त्री ओलीले भारतको भ्रमणमा जानु एकदिन अगाडि नयाँदिल्ली खुसी हुने गरेर गरेको यो निर्णयले ठूलो हलचल उत्पन्न गराइदिएको छ ।

भारतले पनि पाकिस्तानलाई एक्लाउनका लागि पास्कितानस्थित नेपाली राजदूतावासले अफ्गानिस्तान हेर्ने गरेर पाएको अधिकार कटौती होस् भनेर नेपाली पक्षसँग कुरा राख्दै आएको थियो । ओलीले आफू भ्रमणमा जानु अगाडि भारतीय पक्षलाई आकर्षित गर्ने गरेर पाकिस्तानविरुद्ध हुने गरेर निर्णय गरेका छन् ।

पाकिस्तानस्थित नेपाली राजदूतावासले अफ्गानिस्तानसम्बन्धी मामिला हेर्दै आएकोमा बिहीबारदेखि भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले अफ्गानिस्तानको जिम्मेवारी हेर्नेछ ।

स्रोतका अनुसार पाकिस्तानलाई दक्षिण एसियाबाट एक्लाउनका लागि पनि नेपालीको निर्णयले ठूलो महत्व हुने भनेर भारतीय सञ्चारमाध्यमहरूले समाचार सम्प्रेण गरेका छन् । नेपाल सरकारको यो निर्णयले पाकिस्तानलाई ठूलो झट्का लागेको छ ।

Published : Thursday, 2018 April 5, 10:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया